·
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Author
Nepse trading

छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकले फागुन १९ गते सोमबारबाट ३५ दिनभित्र कम्पनीको मध्यबानेश्वर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। यदि उक्त अवधिमा संस्थापकबाट आवेदन नपरेमा सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।