·
नेपाल टेलिकम र एनसेल थ्रीजी सेवा बन्द गर्दै, सबै ग्राहकलाई फोरजीमा अपग्रेड गर्ने तयारी
Author
NEPSETRADING

काठमाडौं – देशभर फोरजीको पहुँच व्यापक भए पनि नेपाल टेलिकमका ३ लाख ५६ हजार ग्राहक अझै थ्रीजी इन्टरनेट प्रयोग गरिरहेका छन्। नेपाल टेलिकमका अनुसार कुल ७ लाख ग्राहकले अझै थ्रीजी डेटा चलाइरहेका छन्। अधिकांशको मोबाइलमा फोरजी चल्ने क्षमता भए पनि ग्राहकहरूले सिमकार्ड नयाँ लिने वा फोरजीमा अपग्रेड गर्ने काम गरेका छैनन्।नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सबै थ्रीजी नेटवर्क विस्थापन गर्ने निर्णय गरेको छ। यसअन्तर्गत थ्रीजी सिमकार्ड भएका ग्राहकलाई निःशुल्क फोरजीमा अपग्रेड गर्ने सुविधा उपलब्ध गराइनेछ। सेवाग्राहीलाई मोबाइल सन्देश र ०१४९८ बाट स्वचालित कलमार्फत जानकारी दिइरहेको टेलिकमले जनाएको छ।पहिलो चरणमा, सन्देशमार्फत फोरजी सिमकार्ड लिन आग्रह गरिए पनि यदि ग्राहकले परिवर्तन नगरे, टेलिकमको ‘आउटबाउन्ड आइभीआर’ सेवा मार्फत रेकर्ड गरिएको आवाजमार्फत जानकारी दिइनेछ। नेपाल दूरसञ्चार प्राधिकरणका तथ्याङ्क अनुसार हाल नेपाल टेलिकमका ७ लाख थ्रीजी प्रयोगकर्ता छन्, र यो संख्या समयसँगै घट्दै जानेछ।एनसेलले पनि थ्रीजी नेटवर्क बन्द गर्ने तयारी थालेको छ। झापाबाट थ्रीजी विस्थापन प्रक्रिया सुरु भइसकेको छ र विस्तारै अन्य जिल्लामा पनि लागू गरिने छ। प्राधिकरणका तथ्याङ्क अनुसार एनसेलका हाल ९१ हजार थ्रीजी प्रयोगकर्ता मात्र बाँकी छन् भने फोरजी प्रयोगकर्ता १ करोड १९ लाख ८१ हजार पुगेका छन् ।



