·

‘कृषिमा लगानी दशक’ घोषणा

Author

NEPSE trading

‘कृषिमा लगानी दशक’ घोषणा

सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामा कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले भूगोल, बजार सम्भाव्यता, र कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताएका छन्।

बजेटमा कृषि उपज प्रशोधन र निर्यातलाई प्रोत्साहन दिन उत्पादित उपजका आधारमा कर्जामा ब्याज अनुदान र मल, बिउ प्रदान गरिने उल्लेख गरिएको छ। अर्थमन्त्री पुनका अनुसार, सरकार, किसान र व्यवसायी मिलेर करार खेती प्रवर्द्धन गरिने छ।

सामूहिक खेतीका लागि लिजमा जग्गा लेनदेनको व्यवस्था मिलाइने छ भने बाँझो जमिन स्थानीय तहमा अभिलेख गरी मत्स्यपालन, घाँसेबाली, फलफूल, जडीबुटी, र पशुपालनमा उपयोग गर्ने व्यवस्था गरिने छ। बजेटमा हिमाल र पहाडमा ५० रोपनी तथा तराईमा १० बिघाभन्दा बढी जग्गामा एकीकरण र चक्लाबन्दी गरी व्यावसायिक खेती, पशुपालन गर्नेलाई मेसिनरी तथा पार्टपुर्जा खरिदमा कर छुट र कर्जामा ब्याज अनुदान प्रदान गरिने भएको छ।

यस कदमले कृषि क्षेत्रमा नविनता ल्याउने, उत्पादन बढाउने, र देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरकारले कृषिमा लगानी दशक घोषणा गरी किसान र व्यवसायीलाई सहकार्यमा कृषि विकास गर्न प्रोत्साहन दिएको छ।

Related News