महासंघद्वारा आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण
Author
NEPSE TRADING

नेपाल उद्योग वाणिज्य महासंघले भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त निजी क्षेत्रका संरचनाको स्थलगत निरीक्षण गरेको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा ग्रुप, भाटभटेनी सुपरमार्केट र व्यवसायी उपेन्द्र महतोको सम्पत्तिको अवलोकन गरेको हो ।
निरीक्षणपछि अध्यक्ष ढकालले निजी लगानी सुरक्षित गर्ने वातावरण निर्माण तत्कालीन प्राथमिकता भएको बताउँदै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे । उनले यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले शान्ति–सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।
निरीक्षण टोलीमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठलगायतको सहभागिता थियो ।