·

विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि

Author

Nepse trading

विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि

विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको विवरण अनुसार, देशको विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी मुद्राको सञ्चिति १३.५ प्रतिशतले बढेर पुस मसान्तसम्म रु २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। अमेरिकी डलरमा हिसाब गर्दा, यस्तो सञ्चिति १५ अर्ब २७ करोडबाट १६ अर्ब ८४ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२.१ प्रतिशतले वृद्धि भई रु २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ भने, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको सञ्चिति २७ प्रतिशतले बढेर रु दुई खर्ब ४४ अर्ब ५० करोड पुगेको छ।

बैङ्किङ क्षेत्रसँग रहेको सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४८ अर्ब १७ करोड बचतमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कमी हो। प्रत्यक्ष वैदेशिक लगानी गत वर्षको तुलनामा वृद्धि भएर रु छ अर्ब ५० करोड पुगेको छ। शोधनान्तर स्थिति रु दुई खर्ब ४९ अर्ब २६ करोड बचतमा रहेको छ। भारतीय मुद्राको हिस्सा कुल सञ्चितिमा २४.३ प्रतिशत रहेको छ.

Related News