·
गरिमा विकास बैंकले संस्थापक समूहका २.६६ लाख कित्ता सेयर बिक्रीमा ल्यायो
Author
Nepse trading

गरिमा विकास बैंकले संस्थापक समूहको २ लाख ६६ हजार ४४.५२ कित्ता सेयर बिक्रीमा ल्याएको छ, जसलाई हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्। सेयर खरिदका लागि ३५ दिने समयसीमा तोकिएको छ र इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको काठमाडौं, लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यदि तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा, अन्य व्यक्ति वा संस्थाहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।