·
सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा २,८०० रुपैयाँले सस्तो
Author
NEPSE TRADING

फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढाव तथा स्थानीय बजारको मागमा आएको परिवर्तनका कारण सुनको मूल्यमा गिरावट आएको मानिन्छ।त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक उतार–चढाव देखिँदै आएको छ ।



