·

सुन–चाँदीको मूल्य नयाँ कीर्तिमानमा

Author

Marketminds Investment Group

सुन–चाँदीको मूल्य नयाँ कीर्तिमानमा

काठमाडौं — नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको २ लाख ५८ हजार ८ सय रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । यससँगै सुनको मूल्यले गत असोज १ गते (अक्टोबर १७, २०२५) कायम भएको अघिल्लो कीर्तिमानसमेत तोडेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि बढेर तोलामा २ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य तोलामा २ लाख ५८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ८ सय २५ रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण पछिल्लो समय स्वर्ण बजारमा निरन्तर दबाब देखिएको व्यवसायीहरूको भनाइ छ । मूल्य वृद्धि भएपछि आभूषण व्यवसायमा कारोबार प्रभावित हुने संकेत देखिएको छ ।

Related News