·

एक सातामै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ३ हजार ८०० ले वृद्धि

Author

Nepse trading

एक सातामै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ३ हजार  ८०० ले वृद्धि

नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २६ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो, जुन पुस ४ गतेसम्म १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ। यस अवधिमा सुनको मूल्यमा उतारचढाव देखिएको छ र कारोबारको अन्तिम दिन मूल्य झण्डै १ लाख ५८ हजार नजिक पुगेको छ।

चाँदीको मूल्य पनि बढेको छ। पुस २६ गते चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ रहेकोमा, २८ र २९ गते १ हजार ८६० रुपैयाँ पुगेको थियो। माघ १ गते १ हजार ८२०, २ गते १ हजार ८३०, ३ गते १ हजार ८८० र ४ गते १ हजार ८९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसले बजारमा चाँदीको मूल्य पनि वृद्धि भएको जनाउँछ।

Related News