·

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि

माघ २८ गते बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रति तोला १,१०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रति तोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रति तोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला ५० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रति तोला ५ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Related News