पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
Author
NEPSE TRADING

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। यो आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि जारी गरिएका शेयरको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरूका लागि उपलब्ध हुनेछ।
कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँको जारी पूँजीमध्ये ७५ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। यसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि, ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा काम गरिरहेका नेपालीहरूको लागि, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र अन्य २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरूको लागि बाँडफाँट गरिएको थियो। अब बाँकी रहेका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि उपलब्ध गराइनेछ।
यस आईपीओमा न्यूनतम १० कित्ता आवेदन गर्न सकिने छ, र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द फागुन १५ गते देखि २६ गतेसम्म हुनेछ। कम्पनीको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ।
कम्पनीकोनेटप्रिजेन्टभ्यालु१२अर्ब९९करोड८७लाखरुपैयाँरइन्टरनलरेटअफरिटर्न१३.७८५रहेकोछ।कम्पनीले२०७६बैशाखदेखिक्लिंकरर२०७७बैशाखदेखिसिमेन्टउत्पादनगरिरहेकोछ।कम्पनीकोक्लिंकरउत्पादनक्षमतादैनिक१,८००मेट्रिकटनरसिमेन्टउत्पादनक्षमता२,२००मेट्रिकटनरहेकोछ।


