सुन ऐतिहासिक उचाइमा — प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि हुँदै २ लाख ५८ हजारमा, चाँदी पनि नयाँ रेकर्डमा
Author
NEPSE TRADING

नेपालमा सुनको मूल्य पुनः नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। शुक्रबार, असोज ३१ गते (अक्टोबर १७, २०२५) को दिन प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्यले नयाँ उचाइ बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च दर हो। बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार बढ्दै रेकर्ड तोड्दै गएको देखिन्छ, जसमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र घरेलु माग दुबैको भूमिका रहेको बताइन्छ।
यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा पुगेको छ। यसले असोज २८ मा कायम ३ हजार ३२५ रुपैयाँको उचाइलाई पार गरेको हो। बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ, जसले लगानीकर्ताको ध्यान फेरि बहुमुल्य धातुतर्फ आकर्षित गराएको छ।