हिमालयन डिष्टिलरीले २५% लाभांश घोषणा गर्दै कार्तिक ३० गते साधारण सभा बोलायो
Author
NEPSE TRADING

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने २५ प्रतिशत लाभांश घोषणा गरेको छ। सो लाभांशमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश गरिएको छ।
घोषित लाभांश पारित गर्न कम्पनीले २५ औं वार्षिक साधारण सभा आगामी कार्तिक ३० गते, आइतबार (२०७५ नोभेम्बर १५) का दिन बिहान १० बजे आफ्नो रजिष्टर्ड कार्यालय, वीरगञ्ज, पर्सा मा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कार्तिक २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले सो सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।