·
सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड
Author
Nepse trading

आज मंगलबार सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्मकै सबैभन्दा महँगो हो, जुन हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको छ । यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।