·

सुनको भाउमा नयाँ रेकर्ड

Author

Dipesh Ghimire

सुनको भाउमा नयाँ रेकर्ड

सुनको भाउमा नयाँ रेकर्ड

आज असार २३ गते, नेपालमा सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

पछिल्लो रेकर्ड :

यसअघि जेठ २५ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो।

सुनको मूल्य वृद्धि कारण :

पछिल्लो केही दिनयता विश्व बजारमा पनि सुनको मूल्य बढ्दो क्रममा रहेको छ। सुनको मूल्यमा वृद्धि देखिनुमा विभिन्न कारणहरू छन्:

- आर्थिक मन्दी

- डलरको भाउ मजबुत हुनु

- मुद्रास्फीति बढ्नु

- चीन लगायतका मुलुकहरूले भारीमात्रा सुन खरिद गरेर सञ्चय गर्नु

यसले पनि माग बढ्न गएको अनुमान गरिएको छ। अन्य लगानीकर्ताहरु पनि सुनतर्फ आकर्षित भएको देख्न सकिन्छ। सञ्चय गर्न सजिलो र लगानीको सुरक्षित क्षेत्र भएकाले पनि यसतर्फ लगानीकर्ताको आकर्षण बढेको अनुमान गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय बजारमा प्रभाव:

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ।

चाँदीको भाउ:

आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १८ सय ९० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ७० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको भाउ:

- सुन: प्रतिऔंस २ हजार २६२.६४ डलर

- चाँदी: प्रतिऔंस ३३०.५५ डलर

Related News