·

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो

Author

NEPSE TRADING

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन भने चाँदीमा १५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन पनि यही मूल्य कायम गरिएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार ९६५ रुपैयाँ प्रतितोला मा कारोबार भएको थियो।

सुनको मूल्य स्थिर रहँदा चाँदीमा वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव पनि रहेको व्यवसायीहरू बताउँछन्।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बुधबार संघीय कोष ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएपछि, सुनचाँदीको मूल्यमा माथिल्लो दबाब पर्न थालेको हो।

विशेषज्ञका अनुसार ब्याजदर घट्दा लगानीकर्ताहरू सुरक्षित विकल्पको रूपमा सुन र चाँदीतर्फ आकर्षित हुने भएकाले आगामी दिनहरूमा पनि मूल्यमा वृद्धि हुन सक्ने सम्भावना छ।

Related News