·
सुनको मूल्य उँभो, चाँदीले नयाँ रेकर्ड कायम
Author
NEPSE TRADING

नेपाली बजारमा बुधबार सुन र चाँदी दुुईैको मूल्य उकालो लागेको छ। मंसिर १७ गते, बुधबार, नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ५४ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार यसको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि तीव्र रुपमा बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। बुधबार चाँदी प्रतितोला ११० रुपैयाँले बढेर ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य ३ हजार ५४५ रुपैयाँ रहेको थियो। लगातार बढ्दो माग र अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै चाँदीको मूल्य पछिल्ला दिनमा निरन्तर नयाँ उचाइ तोड्दै आएको व्यवसायीहरू बताउँछन्।


