·

बर्ली होम एप्लायन्सेजका ६ नयाँ गिजर मोडेल नेपाली बजारमा

Author

NEPSE TRADING

बर्ली होम एप्लायन्सेजका ६ नयाँ गिजर मोडेल नेपाली बजारमा

काठमाडौं — घरेलु उपकरणका क्षेत्रमा द्रुत गतिमा विस्तार भइरहेको Burly Home Appliances ले नेपाली बजारमा एकैपटक ६ नयाँ स्टोरेज वॉटर गिजर मोडेल सार्वजनिक गरेको छ। कम्पनीले गत वर्ष १७ मोडेल एयर कूलर सफलतापूर्वक प्रस्तुत गरेपछि यसपटक EleganceElecia सिरिजमार्फत गिजर सेग्मेन्टमा प्रवेश गरेको हो। जर्मन प्रविधिमा आधारित अत्याधुनिक संरचना, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई प्राथमिकता दिएर तयार पारिएका यी मोडेललाई कम्पनीले उपभोक्तामैत्री उत्पादनको रूपमा प्रस्तुत गरेको छ।

नेपालमा Burly ब्राण्डका उत्पादको आधिकारिक आयातकर्ता तथा सोल डिस्ट्रीब्युटर CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु गरेको जनाएको छ। कम्पनीले उपभोक्ताको आवश्यकताअनुरूप दीगो, सुरक्षित र ऊर्जा–दक्ष समाधान उपलब्ध गराउने उद्देश्यसहित गिजर सेग्मेन्टमा प्रवेश गरेको बताएको छ। CG Electronicsका प्रतिनिधिले “एयर कूलरको सफलतापछि हामी अब घरेलु सुरक्षालाई प्राथमिकता दिने उच्च–गुणस्तरका गिजर लिएर बजारमा आएका छौँ,” भने।

Burly ले नयाँ मोडेलमा वॉटर ट्याङ्कीमा ७ वर्ष, हीटिङ एलिमेन्ट र सम्पूर्ण उत्पादनमा २–२ वर्षको वारन्टी उपलब्ध गराएको छ। कम्पनीले दुई सिरिजमार्फत ६ मोडेल सार्वजनिक गरेको छ, जसमा Elegance सिरिजका १०, १५ र २५ लिटर क्षमताका मोडेल तथा Elecia सिरिजका २५ ब्ल्याक, २५ गोल्डेन र १५ गोल्डेन मोडेल समावेश छन्।

Elegance सिरिजलाई कम्पनीले आकर्षक मिनिमलिस्ट डिजाइन, उच्च–गुणस्तरीय हीटिङ, झट्का तथा पानी–प्रतिरोधी संरचना र ऊर्जा–दक्ष सञ्चालन क्षमतासहितका मोडेलको रूपमा प्रस्तुत गरेको छ। Enamel–coated ट्याङ्की र जर्मन प्रविधिको समावेशले उत्पादनलाई दीगो तथा सुरक्षित बनाएको कम्पनीको दाबी छ।

त्यस्तै Elecia सिरिज कम्पनीले प्रिमियम फिनिस, आधुनिक डिजिटल इन्डिकेटर र उन्नत सुरक्षा सुविधासहितको प्रिमियम लाइनअपका रूपमा प्रस्तुत गरेको छ। Elecia मोडेलहरूमा प्रयोग गरिएका रंग तथा डिजाइन आधुनिक बाथरूम इन्टेरियरसँग सजिलै मेल खाने किसिमका रहेको कम्पनीले जनाएको छ। यी मोडेलमा सहज फ्रन्ट–कन्ट्रोल, ऊर्जा बचत गर्ने प्रविधि तथा उच्च–प्रदर्शन क्षमता समावेश छन्।

Burly Home Appliances ले Cooling, Heating, Kitchen तथा Home–Comfort श्रेणीका आधुनिक र ऊर्जा–दक्ष उत्पादनमार्फत दक्षिण एसियाली बजारमा छोटो समयमा नै लोकप्रियता कमाएको छ। जर्मन प्रविधिमा आधारित डिजाइन र उपभोक्ता–मैत्री प्रदर्शनका कारण कम्पनीका उत्पादनहरू नेपालमा पनि छिट्टै बजार विस्तार गरिरहेका छन्। नेपालमा बर्लीका सम्पूर्ण उत्पादन CG Electronics मार्फत मात्र उपलब्ध छन्।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी मानिएको CG Electronics ले देशभर २१ शोरुम, ४० सेवा केन्द्र तथा cgdigital.com.np मार्फत अनलाइन सेवा सञ्चालन गरिरहेको छ। कम्पनीले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र दिगो सेवा–प्रदानमार्फत उपभोक्ताको विश्वास कायम राख्दै आएको छ।

Related News