·

खोटाङमा हेलिकोप्टर दुर्घटना, यात्रु सबै सुरक्षित

Author

NEPSETRADING

खोटाङमा हेलिकोप्टर दुर्घटना, यात्रु सबै सुरक्षित
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट ६ जना यात्रु लिएर आएको हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। प्रारम्भिक जानकारी अनुसार, हेलिकोप्टरमा मानवीय क्षति भएन। केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार, डिलमा अवतरण गर्न खोज्दा हेलिकोप्टरलाई बारीको बीचमा सार्ने प्रयासमा दुर्घटना भएको हो। यसअघि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर गएको बताएकी थिइन्, तर वडाध्यक्ष मिलन कुमार राईले हेलिकोप्टरमा शव नभएको जानकारी दिएका छन्।

Related News