·
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.७५ प्रतिशत नगद लाभांश घोषणा
Author
Nepse trading

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँ रहेको छ भने सो अनुपातमा कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश वितरण गर्नेछ। लाभांश वितरणका लागि कम्पनीले फागुन २७ गते बिहान ११ बजे अनमोल ब्यांक्वेट, शंखमुल काठमाडौंमा साधारण सभा गर्नेछ। साथै, कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएकाले फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।