सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
Author
NEPSE TRADING

साताको अन्तिम कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको सकारात्मक क्रमलाई निरन्तरता दिँदै यस दिन नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको हो। यससँगै सेन्सेटिभ इण्डेक्स ०.९४ अंक, फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ। परिसूचक बढे पनि कारोबार रकम भने घटेको देखिएको छ। मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३३४ कम्पनीको ६२ हजार ७६८ पटकको कारोबारमार्फत ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढ्दा नेशनल हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको मूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता, ग्रामिण विकास लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै १४ करोड ४९ लाख रुपैयाँको कारोबार गरेको छ। १३ उपसमूहमध्ये ६ उपसमूह बढ्दा ७ उपसमूह घटेका छन् भने बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूह सकारात्मक देखिएका छन्।


