·

गृहमन्त्रीको निर्णय : शोक दिवस मनाइने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च

Author

NEPSE TRADING

गृहमन्त्रीको निर्णय : शोक दिवस मनाइने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सरकारले शोक दिवस मनाउने भएको छ। नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन्।

उनले तत्काल मन्त्रिपरिषद्को बैठकबाट यसलाई औपचारिकता दिने प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्। शोक दिवस कहिले मनाउने भन्ने विषय मन्त्रिपरिषद्ले तय गर्नेछ।

त्यसैगरी, मृतकका परिवारलाई तत्काल राहतस्वरूप काजकिरिया खर्चका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको छ। गृहमन्त्री अर्यालका अनुसार, यो कदम मृतक परिवारप्रति सरकारको सहानुभूति र संवेदनाको प्रतीक हो।

सरकारको यस कदमलाई आन्दोलनमा पीडित परिवारप्रति प्रारम्भिक सहयोगका रूपमा लिइएको छ। अब मन्त्रिपरिषद्को निर्णयपछि औपचारिक घोषणासहित शोक दिवस मनाइनेछ।

Related News