·

होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौता

Author

NEPSE TRADING

होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौता

काठमाडौं – होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्बन्धी सम्झौता गरेको छ।

सम्झौतामा होटल गरिमा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट डेप्यूटी सीईओ सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एनआइएमबि एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रियामा आवश्यक सम्पूर्ण परामर्श तथा कर्पोरेट सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।

यो सम्झौतासँगै होटल गरिमाले पब्लिकमा शेयर ल्याउने औपचारिक प्रक्रिया थालनी गरेको छ। आगामी दिनमा नियामकीय प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि सेयर खुल्ला गरिनेछ।

Related News