·

नागरिक लगानी कोषमा ठूला फण्ड निष्क्रिय, आम्दानी घट्ने खतरा

Author

NEPSETRADING

नागरिक लगानी कोषमा ठूला फण्ड निष्क्रिय, आम्दानी घट्ने खतरा
काठमाडौं – नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठूलो रकम मुद्दती निक्षेपमा थुप्रिएर बसेको अवस्थामा आम्दानीमा ठूलो गिरावट आउन सक्ने खतरा बढेको बताएका छन्। कोषको ३६औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र ब्याजदर कम भएको कारण फण्ड निष्क्रिय भएको बताए।उनले लगानी विविधीकरणमा समस्या देखिएको र कर्जाको मागमा कमी आएको बताए। साथै, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषबीचको काममा दोहोरोपना देखिएको उल्लेख गर्दै उनले नागरिक लगानी कोषमा सहभागी संघ–संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने, नभए कारबाही हुने पत्राचार आएको जानकारी दिए। कार्कीले अब नीतिगत स्पष्टता र कार्यान्वयनमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

Related News