·
सुनचाँदीको भाउमा वृद्धि :छापावाल सुन तोलामा ९ सयले महँगियो
Author
Nepse trading

बुधबार छापावाल सुन र चाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार १ लाख ६९ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य आज बढेको हो। त्यस्तै, यस दिन प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ९० रुपैयाँ र चाँदीको भाउ १ हजार ६ सय ७२ रुपैयाँ तोकिएको छ।