·

झापा इनर्जीको आईपीओमा आवेदन दिने समय एक दिन थप

Author

NEPSE TRADING

झापा इनर्जीको आईपीओमा आवेदन दिने समय एक दिन थप

झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय एक दिन थप गरेको छ। कम्पनीले यसअघि भदौ २९ गतेसम्म आवेदन दिने समय तोकेको थियो तर जेन–जी आन्दोलनका कारण कारोबार अवरुद्ध भएपछि अब सोमबार (भदौ ३० गते) सम्म आवेदन दिन सकिने भएको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले कुल ३८ लाख एक हजार ९० कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता सेयर बिक्री गरिएको थियो।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Related News