कामना सेवा विकास बैंकले ५.७८९५ प्रतिशत नगद लाभांश वितरण सुरु गर्यो
Author
NEPSE TRADING

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि पारित ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ।
बैंकको १९औं वार्षिक साधारण सभाले पारित गरेको निर्णय अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो। यसअनुसार, मिति २०८२ असोज ७ गतेसम्म आफ्नो बैंक खाता विवरण हितग्राही खातामा अद्यावधिक गरेका शेयरधनीहरूका खातामा असोज २६ गतेदेखि आईपिएस (IPS) प्रणालीमार्फत नगद लाभांश जम्मा भइरहेको बैंकले जनाएको छ।
बैंकले शेयरधनीहरूलाई आफ्नो बैंक खाता तथा IAN नम्बर हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरेको छ। साथै, सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) अन्तर्गत आईआईपीएस (IIPS) सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थामा हुनुपर्ने उल्लेख गरिएको छ।
नगद लाभांश जम्मा गर्दा बैंक वा वित्तीय संस्थाले लिन सक्ने सेवा शुल्क सम्बन्धी व्यवस्था शेयरधनीहरूले स्वयं वहन गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ।
त्यसैगरी, जसका शेयरहरू असोज ७ गतेसम्म धितो राखी कर्जा लिइएका छन्, ती शेयरधनीहरूले नगद लाभांश पाउनका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट ‘No Objection Letter’ वा ‘Loan Settlement Letter’ पेश गर्नुपर्ने बैंकले जनाएको छ।
यदि कुनै शेयरधनीले अझै नगद लाभांश प्राप्त गर्न बाँकी राखेका छन् भने, उनीहरूले प्रभु क्यापिटल लिमिटेडको वेबसाइट www.prabhucapital.com मा आफ्नो विवरण हेरेर आवश्यक सुधार गर्न अनुरोध गरिएको छ।
बैंकले भनेको छ — “सेयरधनीहरूको बैंक स्टेटमेन्टमा KSBBL 5.7895% CASH DIVIDEND 81/82 भनेर उल्लेख हुनेछ।”
साथै, १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (NEPSE) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) मा सूचिकृत र दर्ता भएपछि सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा स्वतः जम्मा गरिनेछ।