·

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयन

Author

NEPSE trading

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयन

प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्। बैंकको असार १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

बैठकले कागेश्वरी मनोहरा नगरपालिका–७, दक्षिण ढोकाका निवासी रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

बैंकले उक्त निर्णयहरूबारे जानकारी गराउँदै बैंकको व्यवस्थापन र सुशासन सुदृढ गर्न नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।

Related News