·
घाँटी हेरेर हाड निल्नु : राष्ट्र बैंक
Author
Dipesh Ghimire
नेपाल राष्ट्र बैंकले आम्दानीले थेग्ने ब्याजदर भए मात्र कर्जा लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।
आज भोली आम्दानी भन्दा ज्यादा बढी ऋण लिने र तिर्न नसक्ने परिपाटी बढ्दै गएपछि बैंकले जनतालाई सचेत गराएको हो ।
बैंकले सूचना नै निकालेर आम्दानी र ब्याजको तालमेल मिलाएर कर्जा निु भनेको छ ।
नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिले मात्र कर्जा लिन बैंकले आग्रह गरेको छ ।
पछिल्लो समय हचुवाका तालमा आम्दानी नभए पनि जग्गा राखेर कर्जा लिने परिपार्टि भएको केन्द्रीय बैंकको ठहर गरेको छ ।
कर्जाको विषयमा समेत ज्ञान लिन केन्द्रीय बैंकले भनेको छ ।