मानुषी लघुवित्तको कर्मचारी सेयर लकइन अवधि सकिदै
Author
NEPSE trading
मानुषी लघुवित्त वित्तीय संस्थाको लकइन अवधि भदौ ७ गते सकिदैछ। लघुवित्तका अनुसार यस दिनदेखि कर्मचारीहरूको स्वामित्वमा रहेको ५ हजार ४६८९ कित्ता सेयरको लकइन अवधि समाप्त हुनेछ।
लघुवित्तले सर्वसाधारणलाई आईपीओ निष्काशन गरी वि.सं २०७८ भदौ ७ गते बाँडफाँट गरेको थियो। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सर्वसाधारणलाई सेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर र कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ।
लघुवित्तका संस्थापक सेयर सदस्यहरूमध्ये संचालक सदस्य र कम्पनीका उच्च तहका कर्मचारीहरूले भने सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ।
हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ। संस्थापक सेयरधनीहरूको स्वामित्व ६४ प्रतिशत अर्थात् ७ लाख कित्ता र सर्वसाधारण समूहको स्वामित्व ३६ प्रतिशत अर्थात् ३ लाख ९३ हजार ७०० कित्ता रहेको छ।