·

नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरणको निर्णय

Author

Nepse trading

नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरणको निर्णय

नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरिएको छ। सभाले २१.०५% लाभांश वितरणको प्रस्ताव पारित गर्दै, जसमा १०% बोनस सेयर र ११.०५% नगद लाभांश रहेको छ। लाभांश रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ रहनेछ।

Related News