·

राष्ट्र बैंकको निर्णय : नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण अस्वीकार

Author

NEPSE trading

राष्ट्र बैंकको निर्णय : नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण अस्वीकार

नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि. को भुक्तानी सेवा प्रदायक (PSP) अनुमतिपत्र नवीकरण नगर्ने निर्णय गरेको छ। २०७६ सालमा अनुमति प्राप्त यस कम्पनीको सेवा हाल बन्द रहेको तथा यसको डिजिटल वालेट गूगल प्ले स्टोर र एप्प स्टोरमा उपलब्ध नरहेको राष्ट्र बैंकले जनाएको छ। साथै, संस्थागत सुशासनमा कमजोरी देखिएको र राष्ट्र बैंकका निर्देशनहरूको अवज्ञा गरिएको पाइएको कारण अनुमतिपत्र नवीकरण नगरिएको स्पष्ट गरिएको छ।

राष्ट्र बैंकले नेपाल पे टाइमसँग कुनै वित्तीय लेनदेन बाँकी रहेका ग्राहकहरूलाई ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। यस अवधिमा ग्राहकहरूले आफ्नो बाँकी रकम फिर्ता लिन वा अन्य आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। यो निर्णयले नेपालमा डिजिटल भुक्तानी सेवा प्रदायकहरूको नियमन थप कडा हुँदै गएको संकेत गर्छ।

Related News