·

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड नयाँ नोट छाप्ने

Author

NEPSE trading

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड नयाँ नोट छाप्ने

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ। आइतबार एक सूचना जारी गर्दै बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो।

यस प्रक्रियामा सहभागी हुन प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। गत २९ अक्टोबर २०२१ मा जारी बोलकबोलमा सहभागी भएका कम्पनीहरूलाई यो अवसर दिइएको हो।

योग्य आवेदकले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितका दुईवटा आवेदन दिनुपर्नेछ। केन्द्रीय बैंकका मुद्रण विभागका अनुसार, छनोटमा परेका आवेदकले ४ सेप्टेम्बर २०२४ को १२ बजेसम्म आवेदन दिन सक्नेछन्। छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई र ढुवानी सम्पन्न गर्नुपर्नेछ। आवेदक कम्पनीले धितोको रूपमा २ करोड ७५ लाख रुपैयाँ राख्नुपर्नेछ।

Related News