·
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन: असल कर्जाको प्रोभिजन घट्यो, ऋण मूल्य अनुपातमा परिवर्तन
Author
Nepse trading

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि एकीकृत निर्देशनमा संशोधन गरेको छ। असल कर्जाको प्रोभिजन दर १.१०% बाट घटाएर १% कायम गरिएको छ, जसले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा सकारात्मक प्रभाव पार्नेछ। यस्तै, व्यक्तिगत र विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्याल्यू रेसियो) ६०% तोकिएको छ। यसअघि इभीमा ८०% र पेट्रोल–डिजेल गाडीमा ५०% थियो। यी व्यवस्था कार्यान्वयन गर्न बैंक, वित्तीय संस्था र लघुवित्त कम्पनीहरुलाई निर्देशन दिइएको छ।
