NEPSE trading

NEPSE trading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

[email protected]

Market

StocksSectors

Company

About UsTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Reaffirms Zero-Tolerance Policy Against Corruption at UN Conference
    Published on December 17, 2025·

    1 min read

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा नेपाल प्रतिबद्ध

    Author

    NEPSE TRADING

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा नेपाल प्रतिबद्ध

    कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि (UNCAC) का पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट गरेको छ। सम्मेलनमा नेपालले कानुनी, प्रशासनिक तथा संस्थागत सुधारलाई तीव्र रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिँदै सुशासन प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्याएको हो।

    सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर हाल नेपालमा अन्तरिम सरकार गठन गरिएको उल्लेख गरे। उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासन सुधारका विषयमा दृढतापूर्वक अघि बढिरहेको बताए। उनका अनुसार शासन प्रणालीलाई प्रभावकारी बनाउन नीति, संरचना र कार्यान्वयन तीनै तहमा सुधारलाई प्राथमिकता दिइएको छ।

    नेपाल हाल वित्तीय कारबाही कार्यदल (FATF) द्वारा तय गरिएको कार्ययोजनाअन्तर्गतका दायित्वहरू पूरा गर्ने चरणमा रहेको जानकारी पनि सम्मेलनमा गराइएको छ। अवैध आर्थिक गतिविधि नियन्त्रण, वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार अघि बढाइरहेको नेपालले जनाएको छ।

    दोहास्थित नेपाली राजदूतावासका अनुसार सम्मेलनमा सचिव कार्कीले पदको दुरुपयोग, घुसखोरी, सम्पत्ति शुद्धीकरण तथा अवैध सम्पत्ति आर्जनलाई गम्भीर अपराधका रूपमा परिभाषित गर्दै तिनको नियन्त्रणका लागि सरकारले चालेका कदमहरूबारे जानकारी गराएका थिए। उनले यस्ता गतिविधिविरुद्ध कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए।

    नेपालले संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धिप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्दै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य बढाउने नीति लिएको पनि सम्मेलनमा स्पष्ट गरिएको छ। सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै भ्रष्टाचारविरुद्धको लडाइँलाई संस्थागत रूपमै अगाडि बढाउने नेपाल सरकारको धारणा सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

    Trending News

    • निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

      Trending

      •

      3 Mar, 2026

      निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

      Read news

    • मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित

      Trending

      •

      3 Mar, 2026

      मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित

      Read news

    • मध्यपूर्व तनावपछि कच्चा तेल महँगियो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने चिन्ता

      Trending

      •

      3 Mar, 2026

      मध्यपूर्व तनावपछि कच्चा तेल महँगियो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने चिन्ता

      Read news

    Related News

  • निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली
    Top

    1 min read

    निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित
    Top

    1 min read

    मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • मध्यपूर्व तनावपछि कच्चा तेल महँगियो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने चिन्ता
    Top

    1 min read

    मध्यपूर्व तनावपछि कच्चा तेल महँगियो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने चिन्ता

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा १ खर्ब रुपैयाँ बजारबाट खिच्ने निर्णय
    Top

    1 min read

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा १ खर्ब रुपैयाँ बजारबाट खिच्ने निर्णय

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • सुनको मूल्य उकालो लाग्दै प्रतितोला ३ लाख २८ हजार नाघ्यो, चाँदीको भाउ घट्यो
    Top

    1 min read

    सुनको मूल्य उकालो लाग्दै प्रतितोला ३ लाख २८ हजार नाघ्यो, चाँदीको भाउ घट्यो

    NEPSE TRADING

    ·

    3 Mar, 2026