·

नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमा

Author

NEPSE TRADING

नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमा

आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन अर्थात् असार ३२ गते, नेप्से परिसूचक उल्लेखनीय रूपमा वृद्धि हुँदै २,७९४.७८ विन्दुमा बन्द भएको छ। यो विन्दु साढे चार महिनायताकै उच्च विन्दु हो, जुन पछिल्लो पटक फागुन २२ गते २८१८.४३ विन्दुमा पुगेको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ७.८६, फ्लोट इन्डेक्स २.६६, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८२ अंकले वृद्धि भएको छ।

साथै, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। ३३० वटा स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको ४ करोड ३१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम पनि करिब साढे चार महिनायताकै उच्च हो।

केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अपर हेवाखोला हाइड्रोपावरको मूल्य ८ प्रतिशत आसपासले बढेको छ। माइ खोला हाइड्रोपावर भने ७.८७ प्रतिशतले घटेको छ।

बुटवल पावर कम्पनी ६१ करोड ८७ लाखको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने राधी विद्युत कम्पनीको ५६ करोडभन्दा बढी र सानिमा माइ हाइड्रोपावरको करिब ४० करोडको कारोबार भएको छ।

१२ वटा उपसमूहको परिसूचक उकालो लाग्दा व्यापार उपसमूह मात्र घटेको हो। विकास बैंक उपसमूहमा ३.८६ प्रतिशतले वृद्धि भएको छ भने बैंकिङ्ग, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

Related News