·

नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रिय

Author

Dipesh Ghimire

नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रिय

आइतबार नेपाली शेयर बजारमा सकारात्मक वातावरण देखियो। नेप्से सूचक १२.५८ अंकले वृद्धि भई २६०१.२१ अंकमा पुगेको छ। ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको यस दिन लगानीकर्ताको उत्साह उच्च देखियो। १३ मध्ये १० समूहको सूचक हरियो भएको छ।

सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मादी हाइड्रोपावरसानिमा मिडिल तमोर हाइड्रोपावर रहेका छन्। कुल ३२५ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

वाणिज्य बैंकहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएसँगै लगानीकर्ताहरू आगामी बजार अवस्थाको अनुमान गर्न सक्रिय छन्।
बजारलाई समर्थन गर्ने मुख्य कारणहरूमा घट्दो ब्याजदर र बैंकिङ प्रणालीमा रहेको तरलता समावेश छन्। तथ्यांकले देखाएको छ कि धितो कर्जा लिने क्रम २० प्रतिशतले वृद्धि भएको छ, जसले सेयरको माग बढाइरहेको छ।

नेप्सेले यसअघि २५०० को मनोवैज्ञानिक बिन्दु गुमाए पनि आइतबार २६०० को स्तरमा फर्किन सफल भएको छ। बजारले यसअघि २७८० अंक पार गर्न नसकेपछि २४०० अंकसम्म झरेको थियो। धेरै विश्लेषकहरूले माघ लागेसँगै सुधारको संकेत देखिएको बताएका थिए।

विश्लेषकहरूले लाभांश क्षमता राम्रो भएका कम्पनीहरूमा योजनाबद्ध लगानी गरेमा जोखिम न्यूनीकरण गर्न सकिने धारणा राखेका छन्। तर, बैंकहरूको मुनाफामा ठूलो गिरावट आउन सक्ने डरले केही लगानीकर्ता ‘पर्ख र हेर’ अवस्थामा रहेका छन्।

प्राविधिक विश्लेषण

नेप्से ट्रेडिङको प्रविधिक टोलीद्वारा तयार गरिएको चार्टले २५५० को समर्थन२६४७ को प्रतिरोध तह चित्रित गरेको छ।
यदि नेप्से सूचक २६४७ भन्दा माथि बन्द भए लगानीकर्तालाई किन्ने सिफारिस गरिएको छ, जसले बजारलाई नयाँ उचाइमा लैजान सक्छ। तर, २५५० भन्दा तल बन्द भएमा बेच्ने सिफारिस गरिएको छ।

आज बैंकीङ क्षेत्रले ड्र्यागनफ्लाई डोजी क्यान्डलस्टिक बनाएको छ, जसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। केही विश्लेषकहरूले यसलाई रिभर्सलको संकेत भनेका छन्।

ब्रोकर विश्लेषण

आजका प्रमुख १० ब्रोकरहरूको गतिविधि हेर्दा ८ ब्रोकरले बाई बढी गरेका छन्, जबकि २ ब्रोकरले सेल बढी गरेका छन्

  • ब्रोकर नं. ५८ ले सबैभन्दा धेरै कारोबार गर्दै ३६ करोड ४९ लाख रुपैयाँको बाई३२ करोड ९२ लाख रुपैयाँको सेल गरेको छ।

  • ब्रोकर नं. ६५ ले ३४ करोड २९ लाख रुपैयाँको बाई२४ करोड ४९ लाख रुपैयाँको सेल गरेको देखियो।

  • ब्रोकर नं. ४९ ले भने २० करोड ६२ लाख रुपैयाँको सेल गर्दा १४ करोड ५० लाख रुपैयाँको मात्र बाई गरेको छ।

स्टक विश्लेषण गर्दा:

  • सुपर मादी हाइड्रोपावरमा ब्रोकर नं. ६५ ले कुल ९३ प्रतिशत खरिद गरी १ लाख ९१ हजार कित्ता लिएको छ, जबकि ६२ प्रतिशत सेल गरेको देखिन्छ।

  • नेपाल बैंकमा ब्रोकर नं. ३३ ले कुल ५१ प्रतिशत खरिद गरेको छ।

  • सानिमा बैंकमा ब्रोकर नं. ४४ ले ४४ प्रतिशत खरिद गरेको देखियो।

बजार सुधारको यो लहरलाई निरन्तरता दिन सकारात्मक वित्तीय सूचकहरूस्पष्ट आर्थिक तथ्यांकहरू आवश्यक हुने विश्लेषकहरूले बताएका छन्।

Related News