·

नेप्से फेरि ओरालो, कारोबार रकम ४ अर्ब ४३ करोडमा सीमित

Author

NEPSE TRADING

नेप्से फेरि ओरालो, कारोबार रकम ४ अर्ब ४३ करोडमा सीमित

सोमबार केही सुधार देखिए पनि मंगलबार फेरि नेप्से परिसूचक ओरालो लागेको छ। यस दिन नेप्से १९.८९ अंकले घटेर २,७४१.९७ विन्दुमा बन्द भएको छ। गत बिहीबार र आइतबार दुई दिनमा करिब ७० अंकले घटेको बजार सोमबार १२ अंकले बढेको थियो। तर मंगलबार फेरि बजार ओरालो लाग्दै कारोबार रकम पनि घटेको छ। सोमबारको ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार घटेर मंगलबार ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो। विश्लेषकहरूले घट्दो कारोबारलाई बजारमा अब उकालो आउने संकेतको रूपमा लिएका छन्।

बजार घट्नुका कारणहरूमा आइजीन नम्बर विवाद, भारित औसत गणनाविधि, बैंकलाई सहज कारोबार, मार्जिन कारोबारको सुविधा जस्ता विषय चर्चामा छन्। लगानीकर्ता तिलक कोइरालाले तरलता पर्याप्त, ब्याजदर सस्तो र वैकल्पिक लगानी अवसर न्यून हुँदाहुँदै बजार स्थिर हुन नसकेको भन्दै आलोचना गरेका छन्। उनले शक्तिशाली कार्यदल गठन, मार्जिन कारोबार सहज बनाउने, संस्थागत लगानी अनिवार्य, आईपीओ प्रक्रिया पारदर्शी, नेप्से पुनःसंरचना, एनआरएनलाई अवसर, साना लगानीकर्तामैत्री व्यवस्था जस्ता सुधार आवश्यक भएको बताएका छन्।

मंगलबार १३ वटै उपसमूहमा गिरावट आएको छ। तीमध्ये व्यापार उपसमूह १.९६% ले बढी घटेको हो भने अन्य समूहमा १% भन्दा कम गिरावट छ। यस दिन नेपाल पुनर्बीमा कम्पनीमा २२ करोड ७० लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्समा २० करोड ११ लाख रुपैयाँयूनियन हाइड्रोपावरमा १४ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, हिम स्टार उर्जा कम्पनी सर्किट लेभलसम्म पुगेको छ भने उन्नती सहकार्य लघुवित्त भने सबैभन्दा धेरै ७.४७% ले घटेको छ।

प्राविधिक विश्लेषण अनुसार, विश्लेषक अजित खनालले बजार १५ अंक ग्यापअप ओपन भए पनि टिक्न नसकेको बताएका छन्। बजारले ईन्ट्राडेमा ५० दिनको मुभिङ एभरेज टेस्ट गरे पनि माथि ब्रेक गर्न नसकेर अघिल्लो दिनको लो लेभलमै बन्द भएको छ। उनका अनुसार बजार अहिले साइडवेज स्थितिमा छ र लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाउनु पर्छ।

ब्रोकर विश्लेषण अनुसार, आज ठूला ब्रोकरमध्ये ७ वटा ब्रोकरले बढी सेल गरेका छन् भने ३ वटा ब्रोकर मात्र बाईमा बढी देखिएका छन्। स्टक अनुसार हेर्दा एमबिएलको कुल कारोबारको ६८% (१ लाख कित्ता) ४४ नं. ब्रोकरले किनेका छन्, यु एम एच एलको ४९% (८४ हजार कित्ता) ६२ नं. ब्रोकरलेकेविएस बिबिएलको ८१ हजार कित्ता ५९ नं. ब्रोकरले किनेका छन्। तर केविएलको २ लाख २५ हजार कित्ता ५८ नं. ब्रोकरले बिक्री गरेका छन्।

Related News