·

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्त

Author

NEPSE TRADING

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्त

स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादनमा संलग्न स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

आज सम्पन्न सम्झौतामा कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले धितोपत्र बोर्डका नियमावली अनुसार निकट भविष्यमा आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ निष्काशन गर्ने जनाएको छ।

दही, घ्यू, चकलेट, पनिर लगायतका उत्पादन र प्याकेजिङ गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीले “गोठदेखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध तथा गुणस्तरीय दुग्धजन्य परिकार उपभोक्तासम्म पुर्‍याउने लक्ष्य लिएको छ।

हाल धनुषाको गोदारस्थित २ बिघा क्षेत्रफलमा रहेको फार्ममार्फत जर्सी र होल्स्टोन जातका ३५ गाईबाट दैनिक २०० लिटरभन्दा बढी दूध उत्पादन गरी बिक्रीवितरण गर्दै आएको कम्पनीले निकट भविष्यमा थप ६५ गाई थपेर कुल १०० गाई बनाउने योजना सार्वजनिक गरेको छ। साथै, प्याकेजिङ उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रमा उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बन्ने दीर्घकालीन योजना पनि कम्पनीले अघि सारेको छ।

Related News