·
नेप्से बढ्दा कारोबार रकम पनि उकालो
Author
NEPSE TRADING

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि वृद्धि भएको छ। यस दिन ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको १ करोड ३६ लाख कित्ता शेयर खरिदबिक्री भएको हो। थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा दोर्दी खोला जलविद्युत र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, भने रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहँदा, १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ र जलविद्युत उपसमूह सबैभन्दा बढी १.०२ प्रतिशतले उकालो लागेको छ।


