·

शेयर बजार पुनः खुल्ने तयारी

Author

NEPSE TRADING

शेयर बजार पुनः खुल्ने तयारी

भदौ २४ गतेदेखि जेनजी आन्दोलनका कारण बन्द रहेको शेयर बजार पुनः खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आगामी बुधवारदेखि बजार सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। तर, यसका लागि अन्तिम निर्णय नेपाल धितोपत्र बोर्डबाट निर्देशन आउन अझै बाँकी छ।

यसअघि धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले दुई दिनका लागि कारोबार बन्द गरेको थियो। तर त्यसपछि थप एक साताका लागि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरिएको थियो। सो निर्णय धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) अनुसार लिइएको थियो, जसमा पाँच दिनसम्म बजार बन्द गर्न सकिने प्रावधान छ।

यद्यपि, पछिल्लो समयमा अवस्था सहज हुँदै गएपछि र ठूलो पर्व दसैं नजिकिँदै गरेको कारणले शेयर बजार खोल्ने तयारी गरिएको हो। दसैंमा खर्च जुटाउनका लागि सेयर बिक्री गर्ने लगानीकर्ताले तत्काल भुक्तानी नपाउने समस्या उत्पन्न भएको भन्दै लगानीकर्ताहरूले पनि बजार खोल्न दबाब दिएका थिए।

यसै दबाब र परिस्थिति सामान्यीकरणलाई मध्यनजर गर्दै नेप्सेले बुधवारदेखि बजार पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

Related News