·

नयाँ १० रुपैयाँको नोट चलनचल्तीमा, निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर

Author

NEPSE TRADING

नयाँ १० रुपैयाँको नोट चलनचल्तीमा, निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर

नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ १० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नयाँ नोट बजारमा पठाइएको हो।

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार, कुल ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि वितरण गरिएको हो।

नयाँ नोटमा सङ्केत नं‍ दर/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मको क्रमाङ्क रहेको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। साथै, नोटको तल्लो भागको किनारमा ‘वि.सं. २०८१’ अंकित गरिएको छ।

नेपाल राष्ट्र बैंकले पुराना नोट सँगै नयाँ नोटहरू पनि समान रूपमा प्रयोगमा ल्याइने जानकारी दिएको छ।

Related News