·
एनएमबि बैंकले लाभांश वितरण नगर्ने
Author
NEPSE trading

एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकलाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो। सो विवरण आगामी वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिनेछ।