आज रु. २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्रमा बोलकबोल हुँदै
Author
Nepse trading

आज मिति २०८२ पुस १६ गते, नेपाल राष्ट्र बैंकले रु. २५ अर्ब बराबरको १ वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ बोलकबोल तथा निष्कासन गर्दैछ। दिउँसो २ः०० बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने यस ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। ऋणपत्रमा लगानीकर्तालाई अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ भने साँवा रकम २०८३ पुस १६ गते परिपक्व भई भुक्तानी हुनेछ।
आज हुने यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। न्यूनतम बोल रकम रु. ५ करोड तोकिएको छ र ५ करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था छ। ऋणपत्रलाई धितोका रूपमा प्रयोग गर्न सकिने भए पनि यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन, भने वैधानिक तरलता अनुपात (SLR) तथा खुद तरल सम्पत्ति अनुपात मा गणना गर्न सकिने व्यवस्था गरिएको छ।



