एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड दोस्रो त्रैमासमा नोक्सानीमा
Author
NEPSE TRADING

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले ५२ लाख ९३ हजार नोक्सानी भोगेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ३७ लाख नाफा थियो।
नोक्सानीको मुख्य कारण लगानी बिक्रीमा घाटा हुनु हो, जसमा कम्पनीले १ करोड ८ लाख रुपैयाँ ऋणात्मक नाफा रिपोर्ट गरेको छ। त्यसैगरी, कम्पनीको लाभांश आम्दानीमा १४.०७% को घटावट आएको छ भने कुल आम्दानी ८५.३२% घटेको छ। कम्पनीको कुल खर्च ९७.२२% बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। गत वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ८ रुपैया ३७ पैसा रहेको प्रतिशेयर आम्दानी, चालु वर्षको सोही अवधिमा ५९ पैसा ऋणात्मक भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १७४ रुपैया ४९ पैसा रहेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग ९६ करोड ६५ लाख रुपैयाँ रहेको छ।



