एनआरएन इन्फ्रास्ट्रक्चरले बोनस सेयर घोषणा गर्दै हकप्रद प्रस्ताव पेस गर्ने
Author
NEPSE trading
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले आफ्नो हालको चुक्ता पुँजीको ५% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। साथै, बोनस वितरणपछि एक बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ।
बोनस सेयर वितरण
कम्पनीले ५% बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यो निर्णय मंसिर ११, २०८१ मा बसेको सञ्चालक समितिको बैठकमा गरिएको हो। बोनस सेयर वितरण भने कम्पनीको १२औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र हुनेछ।हकप्रद सेयर प्रस्ताव
बोनस सेयर वितरणपछि कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। यसले हालको सेयरधनीलाई थप सेयर खरिद गर्ने अवसर दिनेछ, जसले कम्पनीको पुँजी वृद्धि र आगामी परियोजनाहरूमा आर्थिक सुदृढता ल्याउने विश्वास गरिएको छ।वार्षिक साधारण सभा
कम्पनीको वार्षिक साधारण सभा पुस १२, २०८१ मा थिरबम, काठमाडौंस्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजे बोलाइएको छ। साधारण सभामा लाभांश अनुमोदन तथा हकप्रद सेयर प्रस्ताव पेस गरिनेछ।शेयरधनीको योग्यता र किताब बन्द मिति
लाभांशको लागि योग्य हुन मंसिर २० गते भित्र शेयरधनी बनेर दर्ता गर्नुपर्नेछ। मंसिर २१ गतेदेखि कम्पनीले शेयरधनी दर्ता किताब बन्द गर्नेछ।