वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक
Author
NEPSE trading
काठमाडौं। कुनै समय २७ वटा रहेका वाणिज्य बैंकहरूको संख्या मर्जरपछि घटेर अहिले २० वटामा आइपुगेको छ। हालैमात्र साधारण सभा सम्पन्न गरेका नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकले मर्जर प्रक्रियाको तयारी गरिरहेका छन्।
नबिल बैंक:
नबिल बैंकको साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने, गाभिने, वा प्राप्ति (एक्विजिसन) गर्न प्रस्ताव पारित गरेको छ। यसका लागि मूल्यांकनकर्ता नियुक्त गर्नेदेखि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
प्राइम बैंक:
प्राइम बैंकले मर्जरको प्रस्तावलाई साधारण सभाबाट पारित गर्दै गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियालाई अगाडि बढाउन आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ।
सिटिजन्स बैंक:
सिटिजन्स बैंकले पनि मर्जर नीति पारित गर्दै अन्य उपयुक्त बैंकहरूसँग गाभ्न, गाभिन र वैदेशिक साझेदारी गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने निर्णय गरेको छ। यसले मर्जर प्रक्रियाका सबै चरण पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
राष्ट्र बैंकको मर्जर नीतिले २८ बाट बैंकको संख्या २० मा झारेको छ। अब यी बैंकहरूको मर्जरले मूर्त रूप पाएमा यो संख्या अझै घट्ने अनुमान गरिएको छ। मर्जरपछि बैंकहरूको संचालन अझै सुदृढ हुने अपेक्षा गरिएको छ।