·

सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर बिक्रीमा

Author

NEPSE trading

सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेका छन्। कम्पनीले उक्त सेयरको मूल्य भने तोकेको छैन।

कम्पनीका अनुसार संस्थापक समूहभित्रकै इच्छुक व्यक्तिले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन असार १९ गते (आज) देखि सुरु भई ३५ दिनभित्र दिनुपर्नेछ। आवेदनका लागि सूर्योदय वोमीको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल, काठमाडौंमा निवेदन दिन सकिनेछ।

तोकेको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने कम्पनीले जानकारी दिएको छ।

Related News