·

प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?

Author

NEPSE TRADING

प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?

आज असार १ गते, सातवटै प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछन् । सुदूरपश्चिमदेखि कोशीसम्मका प्रदेशका आर्थिक मामिला मन्त्रीहरुले आय-व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

संविधानअनुसार केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र स्थानीय तहले असार १० मा बजेट ल्याउनु पर्ने व्यवस्था छ । सोहीअनुसार आज प्रदेशसभामा बजेट प्रस्तुतिको हलचल छ ।

कुन प्रदेशको कति बजेट?

  • सुदूरपश्चिम प्रदेश
    गत वर्ष २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको प्रदेशले यस वर्ष पनि त्यही हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेट आज साँझ ५ बजे प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाद्वारा प्रस्तुत गरिनेछ ।

  • बागमती प्रदेश
    संघीय राजधानी रहेको बागमती प्रदेशले यसपालि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष यो प्रदेशले ६२ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको थियो । बजेट आज दिउँसो ३ बजे सार्वजनिक गरिनेछ ।

  • मधेश प्रदेश
    गत वर्ष ४४ अर्ब ११ करोडको बजेट ल्याएको मधेश प्रदेशले यसपालि त्यसको आसपासको बजेट ल्याउने संकेत देखिएको छ ।

  • कोशी प्रदेश
    अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब २४ करोड ३५ लाख बराबरको बजेट सार्वजनिक गरिएको थियो ।

  • गण्डकी प्रदेश
    ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरिएको थियो ।

  • लुम्बिनी प्रदेश
    ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट अघिल्लो वर्ष ल्याएको लुम्बिनीले पनि आज नयाँ बजेट सार्वजनिक गर्दैछ ।

  • कर्णाली प्रदेश
    हालसम्म विवरण बाहिर नआएको भए पनि, अघिल्लो वर्षको सन्दर्भमा समान आकारको बजेट आउने अनुमान गरिएको छ ।

आज प्रदेश सभाहरुमा प्रस्तुत हुने बजेटले आगामी वर्षका योजना, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता क्षेत्रमा प्रदेश सरकारले के-कस्ता प्राथमिकता दिएको छ भन्ने सन्देश दिनेछ । संघीयता कार्यान्वयनमा बजेट महत्वपूर्ण कडी भएकाले यसप्रति आम जनताको ध्यान केन्द्रित हुने निश्चित छ ।

Related News