तीनकुनेको राजवादी प्रदर्शनमा तनाव: आगजनी, गोली र झडपमा घाइते
Author
NEPSE trading

काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधरहरूले सुरु गरेको प्रदर्शन तनावग्रस्त बनेको छ। प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको आगजनीका कारण स्थिति नियन्त्रणबाहिर गएको स्थानीय पत्रकारले जानकारी दिए।
राजावादीहरूले बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। त्यसपछि प्रदर्शनकारीले रोयल रोयल बैंक्वेट नजिकैका दुई घरमा आगजनी गरेका छन्। आगो निभाउन दमकल पुगे पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। यसअघि ती घरमा ढुङ्गा हान्दै सिसा फुटाइएको थियो।
प्रदर्शनका क्रममा प्रहरीले हानेको रबर गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्। उनलाई कान्तिपुर अस्पताल भर्ना गरिएको छ। यस्तै, प्रदर्शनकारीको आक्रमणमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ भने झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूलाई पनि कान्तिपुर अस्पतालमा उपचारका लागि लगिएको शाहीले बताए।
चाबहिल, भक्तपुरलगायत चक्रपथका विभिन्न स्थानबाट जुलुससहित तीनकुने पुगेका राजावादीहरूले राजसंस्था पुनर्स्थापनाको माग राखेका छन्। प्रदर्शन उग्र बन्दा आमसभा भने सुरु हुन सकेको छैन। तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ।